डिसेम्बरमा कियारा–सिद्धार्थको बिहे, मुम्बइमा पार्टी

१३ कार्तिक २०७९ १०:०५

बलिउडका लभ बर्ड नायक सिद्धार्थ मल्होत्रा र नायिका कियारा आडवाणी सधै चर्चामा रहन्छन् । उनीहरुले एक अर्कासँग प्रेममा रहेको खबरलाई आजसम्म स्विकार गरेका छैनन् । तर, यी दुइको प्रेम सम्बन्ध मिडियामा लुकेको छैन ।
यसैबिच, यी दुइले बिहे गर्न लागेको खबर सार्वजनिक भएको छ । यी दुइले डिसेम्बर महिनामा बिहे गर्न लागेको खबर सार्वजनिक भएको हो ।

भारतको चर्चित अनलाइन बलिउड हंगामाका अनुसार, यी दुइले डिसेम्बरलाई फाइनल गरेका छन् । दुबैले बिहेको पार्टी मुम्बईमा राख्ने तयारी समेत गरेका छन् ।

यी दुबै जना बिहेको तयारीमा व्यस्त रहेको समेत मिडिया रिपोर्टमा दाबी गरिएको छ । तर, बिहे भन्दा अगाडि यी दुइले यो खबरलाई गोप्य राख्न चाहिरहेका छन् । बिहेको सम्पूर्ण तयारी पुरा गरेपछि मात्र उनीहरुले मिडियामा प्रेम र बिहेको बिषयमा कुरा गर्ने तयारी गरेका छन् ।

हालै मात्र, करण जोहरको दिवाली पूजामा कियारा र सिद्धार्थ एकसाथ देखिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *