२ दिनमा साढे २ करोड कमाउँदै सुपरहिटको बाटोमा ‘महापुरुष’

१३ कार्तिक २०७९ ५:३६

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘महापुरुष’ले आज परेको सार्वजनिक बिदालाई समेत भरपुर सदुपयोग गर्ने देखिएको छ । बिहानैबाट हलमा दर्शकको चाप उच्च छ ।

यो चलचित्रले शुक्रबार र शनिबार गज्जबको व्यापार गर्यो । चलचित्रले २ दिनमा साढे २ करोडको ग्रस कलेक्शन गरेको निर्माताले बताएका छन् । चलचित्रले शुक्रबार १ करोड र शनिबार साढे १ करोडको व्यापार गरेको थियो । चलचित्रले आज पनि १ करोड माथिको व्यापार गर्ने देखिएको छ ।

बक्स अफिसमा चम्किएको यो चलचित्रलाई दर्शकले बलियो साथ दिएका छन् । वर्ड अफ माउथ समेत उच्च भएकाले चलचित्रप्रति हरेक समुहका दर्शकको उत्सुकता देखिएको छ ।

प्रदीप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अन्जना बराइली, अरुण क्षेत्री लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *