‘महापुरुष’ले ‘के घर के डेरा’को व्यापारमा पारेन असर, दोश्रो सातामा झनै आक्रामक

१२ कार्तिक २०७९ १०:०६

हिजो शुक्रबारदेखि दोश्रो सातामा रिलिज भैरहेको चलचित्र ‘के घर के डेरा’मा दर्शकका उच्च चाप छ । पहिलो साताको शुक्रबार औषत व्यापार गरेको यो चलचित्र दोश्रो साताको शुक्रबार र शनिबार आक्रामक देखिएको छ ।

यो चलचित्रले दोश्रो साताको शुक्रबार र शनिबार दर्शकको झनै ठुलो साथ पाएको छ । दोश्रो साता पनि ३ दिनको फाइदा यो चलचित्रले गज्जबले उठाउने देखिएको छ । चलचित्रका निर्माता शरद श्रेष्ठले यसको लगानी उठिसकेको बताएका छन् । यसर्थ, चलचित्रले दोश्रो सातामा गरेको व्यापारले निर्माताको अनुहारमा खुशी दिने निश्चित छ ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्र हेर्न दोश्रो साताको शनिबार दर्शक हलमा बाक्लो रुपमा देखिएका छन् । मल्टिप्लेक्समा चलचित्रले पाएका शोजहरुमा रातो घेरा देख्न सकिन्छ । कतिपय शोजहरु निर्धारित समय भन्दा अगावै हाउसफूल भएका छन् ।

हिजो शुक्रबारदेखि रिलिज भएको अर्को नेपाली चलचित्र ‘महापुरुष’ले बम्पर व्यापार गरेपनि यसको असर ‘के घर के डेरा’लाई परेको देखिदैन । महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा सिंगे लामाको कथा छ । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रले मिश्रित प्रतिक्रिया समीक्षकबाट पाएपनि दर्शकले भने यसलाई रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *