‘के घर के डेरा’ले एक सातामा कमायो ३ करोड ६३ लाख

११ कार्तिक २०७९ ७:११

तिहारको बिदाको अवसर पारेर रिलिज भएको नेपाली चलचित्र ‘के घर के डेरा’को एक साताको कलेक्शन सार्वजनिक भएको छ । निर्माता शरद श्रेष्ठले चलचित्रको एक साताको व्यापार सार्वजनिक गरेका हुन् ।

यो चलचित्रले एक सातामा ३ करोड ६३ लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले उल्लेख गरेको छ । विशेषगरि, चलचित्रलाई मल्टिप्लेक्समा बढी रुचाइएको छ ।

चलचित्रले रिलिजको पहिलो दिन औषत कमाई गरेपनि शनिबारबाट यसको व्यापार बढेको थियो । रिलिजको दोश्रो सातामा आइपुग्दा पनि चलचित्रको व्यापारमा खासै गिरावट आएको छैन । आज पनि चलचित्रले बम्पर व्यापार गरिरहेको छ ।

चलचित्रको टिमले लगानी सुरक्षित भएको समेत बताएको छ । दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा अभिनित चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *