अघिल्लो साता अर्थात कार्तिकको ४ गतेबाट रिलिजमा आएको नेपाली चलचित्र ‘के घर के डेरा’ आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । दोश्रो सातामा यो चलचित्रले आजबाट रिलिज भएको ‘महापुरुष’सँग प्रतिस्पर्धा गर्नुपर्नेछ । तर, विदेशी चलचित्रलाई पाखा लगाउँदै अगाडि बढेको यो चलचित्र दोश्रो साताको शुक्रबार बिहानैबाट दर्शक बटुल्न सफल छ ।
दिनभरका शोजमा पनि दर्शकको उच्च अकुपेन्सी हुने संकेत देखिएका छन् । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रले पहिलो साता सुखद कमाई गर्यो ।
चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।|
आज यो चलचित्रले काठमाडौंसँगै देशभरका हलमा उच्च अकुपेन्सीका साथ बलियो व्यापार गर्ने देखिएको छ । बिहानैबाट दिउँसोका शोजहरु सोल्ड आउट हुने क्रममा छन् ।
भोली शनिबार र पर्सी आइतबार छठ बिदा भएकाले पनि यो चलचित्रलाई ठूलो फाइदा मिल्ने छ । यो चलचित्रलाई परिवारसहित हेर्न दर्शक हलमा आएका छन् ।