बक्स अफिसमा किन कमजोर बन्यो ‘थ्यांक गड’ ?

११ कार्तिक २०७९ ५:१४

समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको बलिउड चलचित्र ‘थ्यांक गड’ बक्स अफिसमा कमजोर देखिएको छ । ओपनिङ ठिकठाक गरेपनि त्यसपछि चलचित्रको व्यापार दिनहुँ कमजोर बनिरहेको छ ।

मंगलबार यो चलचित्रले ८.१० करोडको ओपनिङ गरेको थियो । तर, बुधबार चलचित्रको व्यापार ६ करोडमा खुम्चियो । बिहिबार भाइटिकाको दिन चलचित्रको व्यापार ४.१५ करोड छ । तीन दिनमा चलचित्रले १८.२५ करोडको व्यापार गरेको छ ।

चलचित्रको व्यापार ५० करोड आसपासमा खुम्चने देखिएको छ । यसो भएको खण्डमा चलचित्र बक्स अफिसमा असफल हुनेछ । अजय देवगण, सिद्धार्थ मल्होत्रा, राकुल प्रित सिंह जस्ता कलाकारले पनि चलचित्रलाई बचाउन नसक्ने देखिएको छ ।

यसपटकको तिहारमा भारतीय बक्स अफिसमा चलचित्रले गतिलो व्यापार गर्न सकेनन् । बक्स अफिसमा अक्षय कुमार अभिनित चलचित्र ‘राम सेतु’को व्यापार पनि अपेक्षित छैन । मंगलबार १५.२५ करोडको व्यापार गरेको चलचित्रले बुधबार ११.४० करोडको मात्र व्यापार गर्यो । वर्ड अफ माउथ मिश्रित आएपछि चलचित्रप्रति दर्शकको चाहना घटेको हो । यसले, तिहारमा बलिउडलाई पारिवारिक चलचित्रको आवश्यकता पर्ने देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *