‘महापुरुष’ आजबाट रिलिज, बिहानैबाट आक्रामक व्यापार

११ कार्तिक २०७९ ५:०२

आजबाट रिलिज भएको नेपाली चलचित्र ‘महापुरुष’ले पनि बम्पर सुरुवात गरेको छ । देशभर आजबाट रिलिज भएको यो चलचित्रलाई दर्शकले बिहानैबाट उच्च रुपमा साथ दिएका छन् । दर्शकको उच्च अकुपेन्सीका कारण अधिकांश मल्टिप्लेक्सका सिट भरिएका छन् ।

बिहानैबाट क्यूएफएक्सका देशभरका चेनमा दर्शकको बाक्लो उपस्थिती छ । लाबिम मल, सिभिल मलदेखि काठमाडौं बाहिरका हलमा पनि दर्शक भरिएका छन् । दर्शकको उच्च अकुपेन्सी हलमा भएपछि यसका मुख्य कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली लगायत बिहानै हल पुगेका छन् । लाबिम मल, सिभिल मल पुगेर उनीहरुले दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।

एकपछि अर्को नेपाली फिल्ममा दर्शकको बाक्लो उपस्थितीले राम्रो फिल्म बनाउन सकेको खण्डमा दर्शकले माया गर्छन् भन्ने पुष्टी भएको छ । प्रदीप भट्टराइले यो पटक बेजोड कथा भन्दै सामाजिक रुपमा क्रान्ती नै ल्याउने बाटो अपनाएका छन् । जसलाई दर्शकले पनि साथ दिने पक्का छ ।

फिल्म ‘महापुरुष’ले एकल बाबुको कथा भन्छ । आफ्नो सन्तानका लागि आफ्ना सपनाहरुलाई तिलाञ्जली दिने एक बाबुको कथाले दर्शकको मन छुने निश्चित छ ।

अघिल्लो साता रिलिज भएको चलचित्र ‘के घर के डेरा’ दर्शकले साथ पाएको एक सातापछि यो चलचित्रले पनि दर्शकको साथ पाएको हो । दिउँसो र बेलुकीका शोजमा पनि दर्शकको बाक्लो उपस्थिती हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *