बेबी बम्प देखाउँदै स्वेताले लेखिन्–‘अरुले के भन्लान् भनेर सोच्नुहुदैन’

९ कार्तिक २०७९ ११:२८

नायिका स्वेता खड्का यो महिनाको अन्तिममा आमा बन्दैछिन् । आमा बन्न लागेकी स्वेताको खुशी पनि निक्कै बढेको छ । स्वेता सार्वजनिक कार्यक्रममा कम देखिन्छिन् । स्वेताले आमा बन्न लागेको खुशी शब्दले साट्न नसकिने उल्लेख गरेकी छिन् ।

उनै, स्वेताले सामाजिक संजालमा बेबी बम्प देखाउँदै खिचाएका तस्वीर सार्वजनिक गरेकी छिन् । उनले, सार्वजनिक गरेको तस्वीरमा उनी बेबी बम्पमा हात राखेर मुस्कुराएकी छिन् । रातो रंगको पहिरनमा स्वेता श्रमिान् विजयेन्द्र सिंह राठौतसँग रमाएको देख्न सकिन्छ ।

स्वेताको बेबी बम्पको तस्वीरमा थुप्रै प्रतिक्रिया पनि आइरहेका छन् । स्वेताले लेखेकी छिन्–‘अरुले के भन्ठान्ला भन्ने सोचबाट मुक्त हुन सक्नु नै सुन्दर जीवनको सुरुवात हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *