उत्कृष्ट प्रतिक्रियापछि ‘महापुरुष’लाई मल्टिप्लेक्समा उच्च शो

९ कार्तिक २०७९ ११:१४

तिहारको भाइटिकाको भोलीपल्ट अर्थात कार्तिकको ११ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘महापुरुष’को प्रिमियर काठमाडौं र चितवनमा भयो । यी दुबै स्थानबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको छ । आज चलचित्रको प्रिमियर इटहरीमा हुँदैछ ।

प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रलाई मल्टिप्लेक्सले पनि उच्च शोज दिएका छन् । चलचित्र हेर्न दर्शकको उच्च अकुपेन्सी हुने अनुमान गर्दै मल्टिप्लेक्सले हलमा शोज पनि राम्रो दिएका हुन् । देशभरका ११ स्थानबाट क्यूएफएक्स चेनले ३९ शोज दिएको छ । यो चलचित्रका लागि सुखद शोज हो ।

यस्तै, वान सिनेमाज्ले कालिमाटीमा ४ र नयाँ बाँनेश्वरमा ५ शोज दिएको छ । यो पनि चलचित्रका लागि राम्रो शोज हो ।

यस्तै, चलचित्रलाई चाबहिलको एफक्यूब हलले ६ शोज उपलब्ध गराएको छ । देशैभरका हलमा उच्च शोज पाएको चलचित्रले सुखद सुरुवात गर्ने अपेक्षा गरिएको छ । मल्टिप्लेक्समा चलचित्रले शुक्रबार, शनिबार र आइतबार इनिसियल बम्पर गर्ने विश्लेषण धेरैको छ ।

प्रदीप भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली लगायतको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *