अक्षयको ‘राम सेतु’को सुखद सुरुवात, ‘थ्यांक गड’को औषत कारोबार

९ कार्तिक २०७९ ११:०५

बक्स अफिसमा मंगलबारबाट रिलिज भएको बलिउड चलचित्र ‘राम सेतु’ले सुखद सुरुवात गरेको छ । समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको यो चलचित्रले बक्स अफिसमा पहिलो दिन सुखद कमाई गर्यो । योसँगै यो बर्षको सर्वाधिक ठूलो ओपनिङ गर्ने दोश्रो चलचित्र समेत ‘राम सेतु’ बनेको छ ।

अक्षय कुमार र ज्याकलिन फर्नान्डेज अभिनित यो चलचित्रले पहिलो दिनमा १५.२५ करोडको व्यापार गरेको हो । यो चलचित्रले मल्टिप्लेक्स हलमा सुखद कमाई गरिरहेको बलिउड पण्डितहरुले जनाएका छन् । चलचित्रलाई तिहारको बिदाको फाइदा समेत मिलेको छ ।

यस्तै, अजय देवगण, सिद्धार्थ मल्होत्रा र राकुल प्रित सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘थ्यांक गड’ले बक्स अफिसमा औषत सुरुवात गरेको छ । मंगलबार यो चलचित्रले भारतीय बक्स अफिसमा ८.१० करोडको व्यापार गरेको छ । चलचित्रलाई पनि मिश्रित प्रतिक्रिया नै मिलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *