प्रियंका कार्कीको घरबाट ५ तोला गहना चोरी

९ कार्तिक २०७९ १०:५४

लक्ष्मीपूजाका लागि निकालिएको ५ तोला गहना र ३० हजार नगद चोरी भएको नायिका प्रियंका कार्कीले जानकारी दिएकी छिन् । लक्ष्मीपूजाको दिनमा पूजा गरेपछि परिवारसहित डिनरका लागि बाहिर गएको समयमा चोरले ५ तोला गहना चोरेको भन्दै प्रियंकाले प्रहरीमा उजुरी दिएकी छिन् ।

चोरको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रियंका आफ्ना श्रीमान् र छोरीको साथमा भैसेपाटीमा बस्दै आएकी छिन् । भैसेपाटीको घरमा पूजा गरेर उनको परिवार डिनर गर्न बाहिर निस्किएको थियो । सोही समयमा ट्वाइलेटको झ्याल फोडेर चोर पसेको हुनसक्ने अनुमान प्रहरीको छ ।

तिहारको समयमा थुप्रै चोरीका घटनाहरु सुनिने गरेका छन् । प्रियंकाले लक्ष्मीपूजाका लागि ५ तोला सुन र ३० हजार नगद निकालेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *