‘फूलबारी’मा फेरिएका विपिन, निराश दयाहाङ

८ कार्तिक २०७९ १२:५८

रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘फूलबारी’को केही तस्वीहरु सार्वजनिक गरिएको छ । तस्वीर सार्वजनिकसँगै यसका वितरक गोविन्द शाहीले फागुणको ५ गतेबाट चलचित्र रिलिज हुन लागेको जानकारी पनि दिएका छन् । मिडियामा फागुण ५ को मिति सार्वजनिक भएपनि निर्माणपक्षबाट आधिकारिक घोषणा भएको थिएन ।

यो चलचित्रमा नायकद्धय विपिन कार्की र दयाहाङ राई मुख्य भूमिकामा छन् । चलचित्रमा नायिकाको रुपमा प्रियंका कार्कीलाई देख्न सकिन्छ । शिल्पा मास्के, गौमाया गुरुङ पनि चलचित्रमा मुख्य भूमिकामा छन् ।

यो चलचित्रको सार्वजनिक भएका केही तस्वीरमा नायक विपिन कार्कीलाई केही फरक गेटअपमा देख्न सकिन्छ । दयाहाङ भने चलचित्रको तस्वीरमा निराश देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *