‘के घर के डेरा’को बम्पर व्यापार, तिहारमा हलमा रमाउँदै दर्शक

८ कार्तिक २०७९ १२:४६

तिहार नेपालीहरुको दोश्रो ठूलो चाड हो । यो पर्वमा मनोरञ्जन गर्नका लागि मानिसहरु विभिन्न उपाय अपनाउँछन् । जसमध्ये एउटा चलचित्र पनि हो । परिवारसँग चलचित्र हेरेर दर्शकहरुले खुशी साटेको पाइन्छ । यसैबिच, तिहारको अवसर पारेर कार्तिक ४ गतेबाट रिलिज भएको नेपाली चलचित्र ‘के घर के डेरा’ले दर्शकको उल्लेख्य साथ पाएको छ ।

रिलिजको दोश्रो दिन शनिबार उच्च अकुपेन्सीमा दर्शकको साथ पाएको चलचित्रले आज रिलिजको पाँचौ दिन पनि हलमा दर्शकको ठूलो साथ पाएको छ । निर्देशक दीपेन्द्र के खनालले यसलाई बक्स अफिसमा आगो लागेको भनेर विश्लेषण गरे ।

दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले मंगलबार देशभरका अधिकांश हलमा हाउसफूलको व्यापार गरेको वितरक करण क्रेजीले उल्लेख गरेका छन् ।

यो चलचित्रको कमेडी पाटोलाई दर्शकले बढी रुचाएको पाइयो । घर र डेरामा बस्ने मानिसहरुको समस्यालाई उठान गरेको यो चलचित्रले मध्यान्तरपछि भने विपिन र दयाविचको घरको लडाइलाई बढी केन्द्रमा राखेको छ ।
चलचित्र ‘के घर के डेरा’ले तिहारको बिदामा लगानी उठाउने संभावना बढेको पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *