प्रिमियरमा ‘महापुरुष’लाई ब्लकबस्टर प्रतिक्रिया(भिडियोसहित)

७ कार्तिक २०७९ ९:३४

कार्तिकको ११ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘महापुरुष’को टिमले आइतबार नै प्रिमियर आयोजना गरेको छ । सिभिल मलमा अवस्थिती क्यूएफएक्स हलका तिनै वटा पर्दा बुक गरेर आयोजना गरिएको प्रिमियरमा एक हजार भन्दा बढीले चलचित्र हेरेका थिए ।

प्रदीप भट्टराइको निर्देशनमा म्याक्स दीपेश खत्रीको लगानीमा बनेको यो चलचित्रलाई प्रिमियरमा उपस्थित सबैले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रलाई अधिकांशले उत्कृष्ट कथामा चलचित्र हेर्न पाएको भन्दै प्रशंसा गरे ।

चलचित्र हेर्न पुगेका निर्देशक निश्चल बस्नेत, नायिका स्वस्तिमा खड्का, केकी अधिकारी, बेनिशा हमाल लगायतले यस्तो चलचित्र लामो समयपछि हेरेको बताए । यो चलचित्रको समीक्षा गर्न भन्दा पनि यसको कथावस्तुमा बहस हुनुपर्ने उनीहरुको भनाई थियो । चलचित्र हेरेर बाहिर निस्कदै गर्दा अधिकांशको आँखामा आँशु भरिएको थियो ।

एकल बा र उनीहरुको २ सन्तानको कथामा यो चलचित्र बनेको छ । चलचित्र हेर्दा दर्शकका आँखा कैयौं पटक रसाउँछन् । हरिवंशको वेजोड अभिनयले दर्शकलाई सोच्न वाध्य बनाउँछ । राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठको भूमिकाले दर्शकलाई हसाउँछ ।

नेपाली समाजमा यो चलचित्रले एकल बाको बिहेको नयाँ बहस छेडिदिएको छ । यसैले, यो चलचित्र परिवार नै बसेर हेर्नुपर्ने धेरैको भनाई थियो ।

तस्वीर तथा भिडियोः सरोज मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *