‘तिम्रो मेरो साथ’को गीत रिलिज, पुष्पसँग नाँचिन् साम्राज्ञी

७ कार्तिक २०७९ ९:२१

पौषको २९ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’मा समावेश पहिलो गीत ‘रुमालै बाटेर’ लक्ष्मीपूजाको अवसर पारेर आज सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको यो गीतमा जगदिश समाल र मेलिना राइको स्वर, वी पाण्डेको शब्द र सुवास भुषालको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन छ । चलचित्रको यो गीतमा मुख्य तिन कलाकारहरु पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र सन्दीप क्षेत्रीले नृत्य गरेका छन् ।

रमेश एम के पौडेलको लगानी तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सविर श्रेष्ठको पटकथा तथा संवाद छ । आर्यन फिल्मस्सँग बोधी एचडीको सहकार्यमा यो चलचित्रको निर्माण भएको हो । चलचित्रमा पासाङ लामा, आर्यन पौडेल र अर्नभ पौडेलको लगानी छ । भूपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रले लभ स्टोरी कथा समातेको छ ।

पुष्प र साम्राज्ञीले यसअगाडि काम गरेको चलचित्र ‘मारुनी’लाई दर्शकले रुचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *