‘के घर के डेरा’को सुखद सुरुवात, तिहारको बिदाको फाइदा कसरी उठाउला ?

६ कार्तिक २०७९ ६:५८

नेपाली चलचित्रका लागि दशैं र तिहार जस्ता महत्वपूर्ण पर्व सधै नै फलिफाप हुने गरेका छन् । यो बर्षको दशैंको फाइदा ‘प्रेमगीत ३’ले उठायो । तिहारको एक साता लामो बिदालाई लक्षित गर्दै फिल्म ‘के घर के डेरा’ रिलिज भएको छ ।

शुक्रबारदेखि रिलिज भएको यो फिल्मले शनिबार गज्जबको व्यापार गर्यो । मल्टिप्लेक्समा दर्शकको उच्च अकुपेन्सी देखिएको थियो । फिल्मको प्रतिक्रिया वुझ्न नायिकाद्धय वर्षा राउत र सुरक्षा पन्त हल पुगेका थिए । उनीहरुले दर्शकलाई फिल्म मन परेको भन्दै खुशी व्यक्त गरे ।

दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा दयाहाङ राई र विपिन कार्की हाबी छन् । तर, फिल्म रिलिजपछिको हल दौडाहामा पनि यी दुई देखिएका छैनन् ।

फिल्मले शनिबार उच्च अकुपेन्सीका साथ दर्शकको साथ पाएको छ । शुक्रबार अपेक्षित ओपनिङ नगरेको फिल्मले शनिबार भने दर्शकको राम्रो साथ पायो । फिल्मले एक साता लामो तिहारको बिदाका फाइदा उठायो भने निर्मातालाई ठूलो राहत हुने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *