‘निरमाया’को टिजरमा जातिय छुवाछुतको कथा

५ कार्तिक २०७९ ९:५०

चलचित्र ‘निरमाया’को फस्टलुक र टिजर सार्वजनिक गरिएको छ । मदानी मुभिजले विश्वकर्मा साहित्य प्रतिष्ठानसँग मिलेर यो चलचित्र बनाएको हो । यो चलचित्रले ‘परिवर्तन आफैंबाट सुरु गरौं, समाज स्वत बदलिनेछ’ भन्ने मुल मर्मलाई बोकेको छ । चलचित्रले छुवाछुतको कथालाई उठान गरेको छ ।

अनन्तप्रसाद तिमिल्सिनाको प्रस्तुतिमा तयार भएको चलचित्रमा रमेश कोइरालाको निर्देशन छ । चलचित्रमा रोजा तिमिल्सिना र रमेश दाहाकाले लगानी छ भने कार्यकारी निर्माता महेश तिमिल्सिना हुन् । यो चलचित्रमा चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेशन नामको संस्थाको सहकार्य पनि छ ।

चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे एन घिमिरे, जेबी डीसी, अजित लामिछाने लगायतका कलाकारको अभिनय छ । चलचित्रमा राजकुमार केसीको कथा, अजित लामिछानेको लेखन, रवि कोइराला र जीवन पराजुलीको छायांकन, उत्तम राना मगर र तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको एक्सन, कमल अधिकारी र रिमेश कुमारको संगीत छ ।

चलचित्रको छायांकन सिन्धुली, काभ्रे र रामेछापमा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *