‘डिसेम्बर फल्स’मा एङ्ग्री आर्यन, सस्पेन्स उपासना

४ कार्तिक २०७९ १६:४०

प्रविण झाको निर्देशनमा तयार भएको चलचित्र ‘डिसेम्बर फल्स’को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक २ वटा फस्टलुकमध्ये एउटामा नायक आर्यन सिग्देलको एङ्ग्री अवतार देख्न सकिन्छ । अर्को पोष्टरमा नायिका उपासना सिंह ठकुरीको सस्पेन्स अवतार छ ।

रामप्रसाद रिजालको निर्माणमा तयार भएको यो चलचित्रमा उपासना सिंह ठकुरी, आर्यन सिग्देल, नागेन्द्र रिजाल, शिवहरि पौडेल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राना, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्र डिसेम्बर ३० अर्थात पौष १५ गतेबाट रिलिज हुने भएको छ । चलचित्रलाई डिसेम्बर महिनामा नै रिलिज गर्नुपर्ने भएकाले यसका निर्माताले डिसेम्बरको महिना तोकेका हुन् । यो चलचित्रमा श्री श्रेष्ठको एक्सन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी, बनिष शाहको सम्पादन, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, विपिका खनालको कथा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *