‘के घर के डेरा’को व्यापार मध्यान्नबाट बढ्यो, वर्षा र सुरक्षा खुशी(भिडियोसहित)

४ कार्तिक २०७९ १६:२६

आज शुक्रबारदेखि रिलिज भएको नेपाली चलचित्र ‘के घर के डेरा’को व्यापार दिउँसोबाट उकालो लागेको छ । बिहानी शोजमा कमजोर देखिएपनि मध्यान्नबाट चलचित्रको अकुपेन्सी बढेको हो । बेलुकी र रातीका शोजमा दर्शकको अकुपेन्सी ६० देखि ७० प्रतिशत रहेको निर्माणपक्षले बताएको छ ।

यसैबिच, आज बेलुकीको शोज नायिका वर्षा राउत र सुरक्षा पन्तले दर्शकसँग बसेर हेरेका छन् । दर्शकले दिएको प्रतिक्रियाबाट उत्साहित भएको उनीहरुको भनाई छ ।

सुरक्षाले भने चलचित्रको सम्पादन अझै केही गरेको भए हुन्थ्यो भनिन् । वर्षाले आफ्नो भूमिका आउँदा दर्शक हाँसेको बताइन् । निर्माता शरद श्रेष्ठले पहिलो दिन दर्शकबाट राम्रो तारिफ पाएको भन्दै तिहारको बिदामा चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरे ।

चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले यसको कमेडी पाटोलाई मन पराएका छन् । चलचित्रमा नायक विपिन कार्कीको भूमिका पनि दर्शकले मन पराएको बताए । कतिपय दर्शकले घरवाला र डेरावालाको कथा रोचक रुपमा देखाइएको भन्दै प्रशंसाा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *