‘चोर र पुलिस’को ट्रेलरमा कट्टु चोरको कथा

३ कार्तिक २०७९ १३:१५

कार्तिकको २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राजु लामा मोक्तानको निर्देशनमा तयार भएको चलचित्रको कमेडी र एक्सन समावेश ट्रेलर सार्वजनिक भएको हो ।

यो चलचित्रमा बुद्दि तामाङ, धिरेन शाक्य, कविता राय, राजेन्द्र खड्गी, जयकिशन बस्नेत, जयनन्द लामा, सुशिल पोखरेल, रवि गिरी, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा विकास चौधरीको संगीत, राजु किरातीको एक्सन, अजय स्याङ्तानको कोरियोग्राफी छ । शिवम् अधिकारी चलचित्रका कथा सम्पादक हुन् ।

चलचित्रमा आर सोनाम मोक्तान र लंकामाया मोक्तानको लगानी छ । करण बहादुर बिष्ट सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता जिवन लामा हुन् ।

यो चलचित्रले पूर्ण रुपमा मनोरञ्जन मात्र बोल्ने निर्देशक लामाको भनाई छ । यस्तै, चलचित्रका अधिकांश कलाकारहरुले पनि मनोरञ्जनात्मक रुपमा चलचित्र बनेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *