‘नाई नभन्नु ल ६’को छायांकन सुरु, संचिताका छोराले दिए पहिलो टेक

३ कार्तिक २०७९ ९:३५

विकासराज आचार्यको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘नाई नभन्नु ल ६’को छायांकन आजबाट सुरु गरिएको छ । काठमाडौंको एक रेष्टुरेन्टबाट चलचित्रको छायांकन सुरु गरिएको हो ।

चलचित्रको छायांकनको पहिलो दिन मुख्य कलाकार आर्शिवाद क्षेत्रीको साथमा नायिका संचिता लुइटेल र नायक निखिल उप्रेतीका छोरा अर्थव उप्रेतीले पहिलो टेक दिए । उनीहरुको साथमा बाल–कलाकार अभिलिनाले पनि टेक दिएकी थिइन् ।

चलचित्रमा नायिका आँचल शर्मा मुख्य भूमिकामा छिन् । चलचित्रको छायांकन तिहार अगाडि ३ दिन हुनेछ । तिहारलगतै बाँकी छायांकन गरिने लेखक सामिप्यराज तिमिल्सिनाले जानकारी दिए । चलचित्रलाई विकास र सामिप्य मिलेर लेखेका हुन् ।

चलचित्र ‘नाई नभन्नु ल ६’मा पुरुषोत्तम प्रधानको छायांकन, बसन्त सापकोटाको संगीत छ । यो चलचित्रलाई नयाँ बर्षको दिनबाट रिलिज गर्ने योजना निर्माताको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *