सलोनको हातमा करिश्माको नामको ट्याटु, बिहेको तालिका यस्तो

३ कार्तिक २०७९ ९:२७

विगत केही दिनदेखि नायक सलोन बस्नेत बिहेको कारणले चर्चामा छन् । उनले, मंसिरको १२ गते एयर होस्टेज करिश्मा केसीसँग बिहे गर्दैछन् । बिहेको कार्यक्रम भने मंसिर १० गतेबाट सुरु हुनेछ ।

सलोनका अनुसार, मंसिरको १० र ११ गते मेहेन्दी र संगीत सेरेमोनी हुनेछ । मंसिरको १२ गते बिहेको कार्यक्रम हुनेछ । मंसिरको १४ गते भने उनीहरुले चलचित्रकर्मी, आफन्त र साथीभाइका लागि पार्टीको आयोजना गर्नेछन् । सलोनले करिश्मासँग ‘रुम नम्बर १०८’ बोलको गीतका क्रममा भएको बताए । करिश्माले यो गीतमा मोडलिङ गरेकी छिन् । भेट भएको १ बर्षपछि सलोनले करिश्मालाई फोन मार्फत नै प्रपोज गरेका थिए ।

सलोनले अहिले नै हनिमुनको कुनै योजना भने नबनाएको तर्क गरे । तर, आफ्नो जीवनमा करिश्मा आएपछि धेरै राम्रा परिवर्तनहरु भएको उनको भनाई छ ।

सलोनले करिश्माको नाममा ट्याट् समेत खोपेका छन् । ‘मिराकल’ शब्दल उनले हातमा लेखेको देख्न सकिन्छ । यसको अर्थ करिश्मा भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *