कार्तिक ६ गते सलोन र आमेषले दरबारमार्ग तताउने

३ कार्तिक २०७९ ९:१८

तिहारको अवसर पारेर कार्तिकको ६ गते दरबारमार्गस्थित ‘लिक्कुइड लन्ज’मा तिहार विशेष कन्सर्टको आयोजना हुने भएको छ । ‘लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्यूजिक’ नाम दिइएको कार्यक्रममा यूवायूवती झुम्ने अपेक्षा आयोजकको छ । आज आयोजित पत्रकार सम्मेलनमा नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीले विभिन्न हिट गीतहरु दर्शकमाझ प्रस्तुत गर्ने बताए ।

सलोनले आमेषको साथ मिलेपछि आफूले पनि गीत गाउन थालेको बताए । उनीहरुले दर्शकको साथ पाउनेमा ढुक्क रहेको बताएका थिए । आमेष र सलोन कार्तिक ६ गते बेलुकी ९ बजे स्टेज चढ्नेछन् । रातको १२ बजेसम्म यी दुइले दर्शकलाई झुमाउने बताइएको छ ।

उनीहरुले आफूहरुको चर्चित गीत ‘रुम नम्बर १०८’सँगै नेपथ्य ब्याण्ड, निमा रुम्बाको गीत गाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *