हिन्दी भाषामा पनि चम्कियो ‘कान्तरा’

३ कार्तिक २०७९ ९:१२

हिन्दी भाषामा पनि कन्नड भाषाको चलचित्र ‘कान्तरा’ले सुखद कमाई गरिरहेको छ । बलियो वर्ड अफ माउथका कारण यो चलचित्रले शुक्रबारदेखि नै बक्स अफिसमा सुखद कमाई गरेको हो ।

कन्नड भाषामा सुपरहिट भएपछि यो चलचित्रलाई हिन्दीमा डब गरिएको थियो । शुक्रबारदेखि रिलिज भएको यो चलचित्रले शुक्रबार १.२७ करोड, शनिबार २.७५ करोड, आइतबार ३.५० करोड, सोमबार १.७५ करोड, मंगलबार १.८८ करोड र बुधबार १.९५ करोडको व्यापार गर्यो । चलचित्रले ६ दिनमा नै १३.१० करोडको व्यापार गरेको छ ।

नेपालमा पनि यो चलचित्रको व्यापार सुखद छ । शुक्रबारदेखि रिलिज भैरहेको यो चलचित्रले नेपाली बक्स अफिसमा हरेक दिन व्यापारमा बढोत्तरी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *