‘प्रसाद २’मा केकी अधिकारी फाइनल

३ कार्तिक २०७९ ७:५६

नायिकाको कारणले पनि केही समस्यामा परेको चलचित्र ‘प्रसाद २’को टिमलाई अब राहत भएको छ । नायिका नम्रता श्रेष्ठ बाहिरिएपछि चलचित्रमा नायिकाको समस्या भएको थियो । तर, निर्माणपक्षले सोमबार नायिका केकी अधिकारीसँग संझौता गरेको छ । केकीलाई चलचित्रमा अनुबन्धित गरेसँगै मुख्य कलाकारको लाइनअप पुरा भएको छ ।

यो चलचित्रको छायांकन मंसिरबाट सुरु गर्ने योजना निर्माणपक्षको छ । चलचित्रमा अब विपिन कार्की, केकी अधिकारी र अर्पण थापा मुख्य भूमिकामा रहनेछन् । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । सुशिल पौडेलले लेखेको कथामा सुवास थापाको लगानी रहनेछ । चलचित्रको पहिलो सिरिजका मुख्य कलाकार नम्रता श्रेष्ठ र निश्चल बस्नेत चलचित्रमा नहुने पक्का भएको छ ।

चलचित्र ‘प्रसाद २’लाई पहिलो सिरिजको प्रिक्वेल भनिएको छ । नायिका केकी अधिकारीले अभिनय गरेको चलचित्र ‘झिङ्गे दाउ’ले यो बर्ष सुखद कमाई गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *