‘के घर के डेरा’को बुकिङ खुल्यो, कस्तो होला ओपनिङ ?

२ कार्तिक २०७९ १३:५२

तिहारको अवसर पारेर शुक्रबारदेखि रिलिज हुन लागेको नेपाली चलचित्र ‘के घर के डेरा’को बुकिङ क्यूएफएक्स हलबाहेक अन्य मल्टिप्लेक्सले आजबाट खुल्ला गरेका छन् । मल्टिप्लेक्समा यो चलचित्रले राम्रो शोज पाएको छ । अंग्रेजी चलचित्रका कारण पनि केही हदसम्म यसको ओपनिङमा असर पर्न सक्छ ।

दीपेन्द्र के खनाल निर्देशित चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ । सिंगे लामाको कथा रहेको चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तको मुख्य भूमिका छ । घर र डेरामा बस्ने मानिसहरुको कथालाई दीपेन्द्रले यसपटक कमेडी शैलीमा भनेका छन् ।

चलचित्रको ट्रेलरले दर्शकको साथ पाएकाले पनि चलचित्रको व्यापार सुखद हुने अपेक्षा गर्न सकिन्छ । यो बर्ष नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएको देख्न सकिन्छ । ‘के घर के डेरा’ हरेक मानिसहरुको घरको कथा भएकाले पनि आम मानिसहरु यो चलचित्र हेर्न हलसम्म पुग्न सक्छन् । काठमाडौंमा अझ यो चलचित्रको व्यापार उच्च हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *