फागुण ५ आउने भयो रामबाबुको ‘फूलबारी’, परदेशी २ र लण्डन टू पेरिससँग भिडन्त पक्का

१ कार्तिक २०७९ १५:२५

चलचित्र ‘के घर के डेरा’पछि नायकद्धय दयाहाङ राई र विपिन कार्कीले एकसाथ काम गरेको चलचित्र हो, ‘फूलबारी’ । यो चलचित्रको छायांकन सकिएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा दया र विपिनको अलवा प्रियंका कार्की, शिल्पा मास्के लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रको प्रदर्शन कहिले होला भन्ने चर्चा चलचित्र वृत्तमा थियो । तर, अब वितरकसँग सल्लाहा गरेर रामबाबुले चलचित्रको प्रदर्शन मिति फागुण ५ गतेलाई तोकेका छन् ।

फागुणमा धेरै मेकरको आँखा ५ र १९ गते देखिएको छ । तर, फागुण १९ मा ‘छक्का पन्जा ४’ आउने भएपछि रामबाबु २ साता अगाडि नै आउने निर्णयमा पुगेका हुन् ।

फागुण ५ मा यसअगाडि नै चलचित्र ‘परदेशी २ र लण्डन टू पेरिस’ रिलिज हुने पक्का भैसकेको छ । यसअर्थमा, कुनै पनि निर्माताका खुट्टा डगमगाएनन् भने फागुण ५ मा तीन वटा चलचित्र रिलिज हुने पक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *