कोरोनामा काम गर्न नपाएको भडास विपिनले ‘के घर के डेरा’मा पोखे

१ कार्तिक २०७९ ८:४४

शुक्रबारदेखि चलचित्र ‘के घर के डेरा’ रिलिज हुँदैछ । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । हामी तपाइलाई यो चलचित्रको बुकिङ खुलेपछि यसको व्यापारिक आँकलन प्रस्तुत गर्नेछौं ।

यो चलचित्रमा नायकद्धय दयाहाङ राई र विपिन कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विपिनले निर्वाहा गरेको भूमिकाले यतिबेला चर्चा खुबै पाएको छ । विपिन पनि यसपटक आफूले केही लाउड भूमिका निर्वाहा गरेको बताउँछन् । विपिनको वुझाईमा, यसपटक उनलाई समीक्षक भन्दा दर्शकले बढी रुचाउन सक्छन् ।

विपिनले भने–‘लकडाउनमा काम गर्न नपाएर उकुसमुकुस भएको थिएँ । त्यो सबै भडास मैले यो चलचित्रमा पोखेको छु ।’ विपिनका अनुसार, दर्शकले यो चलचित्रमा उनको लाउड भूमिका हेर्न पाउनेछन् । चलचित्रमा उनी नायिका वर्षा राउतको जोडीको रुपमा छन् ।

चलचित्रको ट्रेलरले दर्शकको अथाहा प्रेम पाइरहेको समयमा विपिन व्यापारिक रुपमा चलचित्र सफल हुनेमा विश्वस्त पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *