ऋषि कपुरको निधन भएको अस्पतालमा आलियाले बच्चा जन्माउने

१ कार्तिक २०७९ ८:३२

बलिउड नायिका आलिया भट्ट आमा बन्ने तयारीमा छिन् । रणवीरसँग बिहे गरे लगतै गर्भवती भएकी आलिया चाडै नै बच्चा जन्माउने तयारीमा छिन् । आमा बनेपछि चलचित्रबाट लामो समयको ब्रेक लिने तयारी समेत आलियाको छ ।

आलियाले बच्चाको जन्म कहाँ देलिन् बन्ने कौतुहलता पनि उनका फ्यानहरुमाझ छ । भारतीय मिडियाका अनुसार, आलियाले मुम्बइको एस.एन रिलायन्स फाउन्डेशन अस्पतालमा बच्चालाई जन्म दिनेछन् । स्मरण रहोस् कि, यो अस्पताले त्यही हो जहाँ आलियाका ससुरा ऋषि कपुरले अन्तिम सास लिएका थिए ।

आलिया र रणवीरको योजना अनुसार नै यो अस्पतालमा उनीहरुको बच्चा जन्मिन लागेका हुन् या यो संयोग मात्र हो, यो पक्कै पनि खुल्नेछ ।

आलिया र रणवीरले अभिनय गरेको चलचित्र ‘ब्रम्हास्त्र’ले बक्स अफिसमा सुखद कमाई गर्यो । यो चलचित्रको व्यापारपछि उत्साहित आलियाले सन्तानलाई जन्म दिएपछि लामो समय बलिउडबाट ब्रेक लिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *