कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘के घर के डेरा’को ओएसटी सार्वजनिक भएको छ । घर र डेराको कथा भनिएको ओएसटीले चलचित्रको सारांश भन्छ । दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, भोलाराज सापकोटा, कोशिश क्षेत्री, प्रभाकर न्यौपाने, आयुषी ढकालको अभिनय छ ।
सिगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद रहेको चलचित्रमा दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, सूर्य थोकरको एक्सन छ । शंकर थापा र कोशिश क्षेत्री चलचित्रका संगीतकार हुन् । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानी छ । यूवराज कार्की चलचित्रका कार्यकारी निर्माता हुन् ।
चलचित्रको ट्रेलर चर्चा पाइसकेको छ । यसैले, यो चलचित्रले नेपाली बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा समेत गरिएको छ ।