सलोन, कुशल र शिल्पाको प्रेम–विछोडको कथामा ‘मीलन’को ट्रेलर

३१ असोज २०७९ १३:४६

कार्तिकको १८ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक भएको छ । यो ट्रेलरमा मुख्य तिन कलाकारको प्रेम, विछोड, मित्रताको कथा भनिएको छ । टेक पौरखी राईको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु नायक सलोन बस्नेत र दुई नयाँ कलाकार कुशल शाह र शिल्पा थापाको प्रेम र विछोड हेर्न सकिन्छ । चलचित्रमा शिशिर वाङ्देल, विशाल पहाडी र सुमिन गुरुङको पनि अभिनय छ ।

यो चलचित्रको कथावस्तु निक्कै राम्रो भएकाले आफूले काम गरेको नायक बस्नेतले बताए । उनले, चलचित्रमा आफू र शिशिरबाहेक अरु कलाकार नयाँ भएपनि उत्कृष्ट चलचित्र बनेको बताए । केही समय अगाडि भएको विशेष शोमा उत्कृष्ट प्रतिक्रिया पाएको भन्दै सलोनले चलचित्र चल्नेमा विश्वास व्यक्त गरे ।

यस्तै, कार्यक्रममा अतिथीको रुपमा पुगेका निर्देशक शोभित बस्नेतले पनि चलचित्र हेरिसकेको भन्दै राम्रो बनेको प्रतिक्रिया दिए । काठमाडौं र कालिन्चोकमा छायांकन गरिएको चलचित्रमा राहुल राईको छायांकन, तारा थापाको सम्पादन छ । चलचित्रलाई प्रविण थापाले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *