उजुरी परेपनि सुहानाको ‘भागवत् गीता’को नाम परिवर्तन नहुने

३१ असोज २०७९ ५:५५

नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘भागवत् गीता’ वैशाखको १ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको छायांकन भने मंसिरको ९ गतेबाट सुरु हुने निर्माता सुनिल कुमार थापाले जानकारी दिएका छन् ।

यो चलचित्रमा नायिका सुहाना थापा पक्का भएपनि नायक अहिलेसम्म फाइनल भएका छैनन् । यसैविच, केही दिन अगाडि चलचित्र विकास बोर्डमा हिन्दु जागरण नेपालले नाममा आपत्ती जनाउँदै उजुरी दिएको थियो । अन्तरजातीय प्रेम कथामा श्रीमद्भगवत गीता जस्तो पवित्र नाम उल्लेख हुनु अनुचित भएको उल्लेख थियो ।

तर, निर्माता सुनिल कुमार थापाले भने चलचित्रको नाम परिवर्तन नहुने बताएका छन् । चलचित्रले कुनै धर्ममाथि ठेस नपुर्याउने भन्दै उनले नाम हेरफेर नहुने तर्क गरेका छन् । चलचित्रलाई झरना थापाले निर्देशन गर्दैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *