‘लाखे’को ‘तिम्रो पिरेम’मा अनुप र आर्यनको डान्स

३१ असोज २०७९ ५:४८

कार्तिकको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लाखे’मा समावेश ‘तिम्रो पिरेम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै मल्टिस्टारर चलचित्रको आइटम गीत रिलिज गरिएको हो ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु आर्यन अधिकारी, अनुप विक्रम शाहीको नृत्य हेर्न सकिन्छ । यस्तै, चलचित्रका अर्का मुख्य कलाकार सौगात मल्ल पनि यो गीतको भिडियोमा छन् । गीतमा हर्कुलस बस्नेत र सदीक्षा कट्टेलको स्वर, हर्कुलसको शब्द तथा संगीत छ । भिडियोमा सौरभ लामाको छायांकन, सन्देश शाहको सम्पादन छ ।

सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा वर्षा राउत, अर्पण थापा, रोहित रुम्बा, संजोग राणा, सुशिल सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई एक्सन, सस्पेन्स र थ्रिलर जनरामा निर्माण गरिएको छ ।

सिजन अर्यालको कथा रहेको चलचित्रमा डीपी भण्डारी र गणेश मल्ल ठकुरीको लगानी छ । चलचित्रमा सुशन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, अर्जुन जीसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *