आयुष्मान र राकुलको ‘डाक्टर जी’ले कमायो ३ करोड

३० असोज २०७९ ५:४५

रिलिजपूर्व खासै चर्चा नभएको बलिउड चलचित्र ‘डाक्टर जी’ले बक्स अफिसमा औषत सुरुवात गरेको छ । यो चलचित्रले शुक्रबार भारतीय बक्स अफिसमा ३.८७ करोडको कमाई गरेको हो । रिलिजपूर्व खासै चर्चा नभएको आधारमा यो चलचित्रको सुरुवाती व्यापारलाई औषत मान्नुपर्छ । शनिबार चलचित्रको व्यापारमा केही वृद्धि भएकोछ ।

चलचित्रले मल्टिप्लेक्समा केही राम्रो व्यापार गरेको छ । सिंगल थिएटरमा चलचित्रको व्यापार गतिलो छैन । चलचित्रमा आयुष्मान खुराना र राकुल प्रित मुख्य भूमिकामा छन् । चलचित्रको कथावस्तु फरक छ ।

डाक्टर बन्नका लागि आयुष्मानले भोगेका विभिन्न वाधाहरुलाई रमाइलो र गम्भिर तरिकाले चलचित्रमा प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *