आउँदो बर्षको इद र तिहार सलमानको कब्जामा

३० असोज २०७९ ५:४०

सन् २०२३ सुरु भएकै छैन । तर, बलिउडका अधिकांश ठूला बजेटका चलचित्रका निर्माताले आउँदो बर्ष बुक गरिसकेका छन् । आउँदो बर्षको जनवरीदेखि डिसेम्बरसम्मका मुख्य मुख्य बिदाहरु बलिउडका स्टार कलाकारहरुले नै बुक गरेका छन् । जसमा साहरुख खानका ३ र सलमान खानका २ चलचित्र छन् ।

नायक सलमान खानको चलचित्र ‘किसीका भाई किसीका जान’ आउँदो बर्षको इदमा रिलिज हुने भएको छ । यो चलचित्रलाई यो बर्षकै डिसेम्बरमा रिलिज गर्ने तयारी सलमानको थियो । तर, अब सलमानले आफ्नो विशेष मितिमै चलचित्र सारेका छन् ।

यस्तै, सलमानकै अर्को प्रतिक्षित चलचित्र ‘टाइगर ३’ तिहारमा रिलिज हुने भएको छ । यशराज ब्यानरले आउँदो बर्षको तिहारलाई सलमान र कट्रिना कैफको हिट सिरिजको तेश्रो श्रृङ्खला बुक गरेको हो । योसँगै आउँदो बर्षको इद र तिहार सलमानको कब्जामा हुने पक्का भएको छ ।

सलमानका यी दुबै चलचित्र एक्सनप्रधान छन् । यसैले, केही बर्षदेखि बक्स अफिसमा फितलो व्यापार गर्दै आएका सलमान आउँदो बर्ष स्टारडम चम्काउने धुनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *