नछुटाउनुहोस् कन्नड मुभी ‘कान्तारा’

३० असोज २०७९ ५:२९

शुक्रबारदेखि नेपाली हलमा समेत रिलिज भएको कन्नड भाषाको एक्सन थ्रिलर चलचित्र ‘कान्तारा’लाई भारतीय समीक्षकले उत्कृष्ट रेटिङ दिएका छन् । ऋषभ सेट्टीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको मेकिङ, कथावस्तु, प्रस्तुति र कलाकारको अभिनय उत्कृष्ट छ ।

चलचित्रको क्लाइमेक्सले त अझ दर्शकलाई सरप्राइज नै दिन्छ । एक जंगलमा बस्दै आएका बासीन्दा र उनीहरुसँग डीआरएफओ अधिकारीसँग हुने झगडाको कथामा चलचित्र अगाडि बढेको छ ।

चलचित्रमा ऋषब सेट्टी, सपतामी गौडा, मानसी सुधीर, प्रमोद सेट्टी, अच्युथा कुमार लगायतका कलाकारको अभिनय छ । यो चलचित्रले मुख्य कलाकार ऋषब सेट्टीलाई कम्बाला च्याम्पियनको रुपमा प्रस्तुत गरेको छ । चलचित्रमा विजय किरागन्दुरको लगानी छ ।

यो चलचित्रले हलमा नयाँ खालको स्वाद दिन्छ । मेकिङले दर्शकमा छुट्टै उत्साह पैदा गर्छ । यसैले, नेपाली हलमा समेत चलेको यो चलचित्र दर्शकका लागि खास बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *