‘चि मुसी चि’मा प्रियंका, ऋचा र बेनिशा

३० असोज २०७९ ५:२०

हरर थ्रिलर कथामा निर्माण भएको चलचित्र ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ पौष महिनामा रिलिज हुने भएको छ । चलचित्रको पोष्टर सार्वजनिक गर्दै यसको शिर्षक घोषणा गरियो । चलचित्रका प्रस्तुतकर्ता अरुण चक्रावर्ती हुन् ।

एएमवाई स्टुडियो प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रले नेपालमा हरर थ्रिलर चलचित्रको एउटा शैली नै स्थापित गर्ने विश्वास प्रस्तुतकर्ता चक्रावर्तीको छ । मार्ना जेम्स र यश सैनीको संयुक्त निर्देशनमा तयार भएको यो चलचित्रमा रञ्जु केसीको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *