‘महापुरुष’को देशव्यापी प्रचार, दर्शकको साथले फुरुङ्ग हरिवंश

२९ असोज २०७९ ९:४३

कार्तिकको ११ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘महापुरुष’को टिम देशव्यापी प्रचारमा व्यस्त छ । विर्तामोडबाट सुरु भएको चलचित्रको प्रचार अभियान इटहरी, हेटौडा, चितवन हुँदै पोखरा पुगेको छ । देशभरका दर्शकसँग साक्षात्कार गर्ने र चलचित्रको बारेमा जानकारी गराउने उद्देश्यले ‘महापुरुषको महाभ्रमण’ गरिएको हो ।

चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले यो चलचित्रको कथा देवघाटका एक वृद्धलाई देखेपछि सुरु भएको बताए । देवघाटका एकल बाको सत्य घटनामा यो चलचित्र बनेको उनको भनाई छ । यस्तै, कलाकार हरिवंश आचार्यले आमाको कथा धेरै चलचित्र बनेको भन्दै यसपटक बाबुको कथामा चलचित्र बनेको बताए । उनले चलचित्र ‘बलिदान’पछि आफूले गम्भिर भूमिकामा काम गर्न पाएको बताए । यो चलचित्रमा हरिवंश आचार्य, गौरी मल्ल, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइलीको मुख्य भूमिका छ ।

चलचित्रका निर्देशक प्रदीप भट्टराइले परिवारसँगै रहेपनि सन्तानले समय नदिदा बुबा आमाले कसरी एक्लोपना महशुश गर्छन् भन्ने कथा चलचित्रका देखाइएको बताए । म्याक्स दीपेश खत्रीको लगानीमा बनेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मीत्र डी गुरुङको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *