८ दिनमा ‘२ नम्बरी’को कमाई साढे ४ करोड

२९ असोज २०७९ ८:२६

असोजको २१ गतेबाट रिलिज भएको चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ । दोश्रो साताको शनिबारसम्म पनि हलमा दर्शकको उच्च चाप छ । आज शनिबारको दिन पनि मल्टिप्लेक्समा दर्शकको उच्च अकुपेन्सी देखिएको छ ।

यसैविच, यो चलचित्रको ८ दिने बक्स अफिस कलेक्शन यसको निर्माणपक्षले सार्वजनिक गरेको छ । निर्माणपक्षका अनुसार, चलचित्रले ८ दिनमा ४ करोड ४५ लाख ग्रस कलेक्शन गरेको छ । यसको निर्माणपक्षले १३ वटा शहरको कुल व्यापार समेत सार्वजनिक गरेको छ ।

निर्माणपक्षका अनुसार, यो चलचित्रले काठमाडौंमा ८ दिनमा २ करोड २० लाखको ग्रस कलेक्शन गरेको छ । यस्तै, चलचित्रले चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरी २२ लाख, नेपालगञ्ज १५ लाख, दमक १५ लाख, बिर्तामोड १४ लाख, विराटनगर १२ लाख, हेटौडा १० लाख, धनगढी १० लाख, धरान ५ लाख, सुर्खेत ४ लाखको ग्रस कलेक्शन गरेको छ ।

यस्तै, चलचित्रले अन्य विभिन्न स्टेशनबाट १५ लाख ग्रस कलेक्शन गरेको छ । चलचित्रले रिलिजको केही दिनमा नै लगानी उठाएको निर्माता किरण नेपालीले जानकारी दिए ।

दीपेन्द्र लामा निर्देशित चलचित्रको दोश्रो सातामा पनि शोज बृद्धि भएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ । २ साथीको मित्रता र बन्यजन्तु संरक्षणको कथामा बनेको चलचित्रलाई दर्शकले रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *