संजोगसँग ठूलै झगडा भएको होः वर्षा राउत(भिडियो कुराकानी)

२७ असोज २०७९ ८:०५

केही समयदेखि नेपाली मिडियामा नायिका वर्षा राउत र कलाकार तथा व्यवसायी संजोग कोइरालाको बैबाहिक जीवनमा खटपट आएको खबर सार्वजनिक भैरहेको थियो । तर, यो बिषयमा वर्षा र संजोग दुबैले मुख खोलेका थिएनन् ।
तर, पहिलो पटक हिट नेपाल युट्युब च्यानलसँग आफ्नो कुरा शेयर गर्दै वर्षाले वैवाहिक जीवनमा खटपट भएको स्विकार गरेकी छिन् ।

हिट नेपालका लागि विजय ‘आवाज’सँग कुरा गर्दै वर्षाले भनिन्–‘हो म स्पष्ट रुपमा भन्न चाहन्छु, संजोग र मविच ठूलै झगडा भएको हो । अब, घरयासी झगडा के भएको हो भन्ने सबै त म खुलाउन चाहन्नँ । तर, हामीविचमा ठूलो झगडा परेको सत्य हो ।’

वर्षाले झगडा परेको केही दिनमै आफूहरु मिलेको पनि बताइन् । अहिले सम्बन्धमा त्यस्तो कुनै खटपट नभएको उनको तर्क छ । वर्षाले भनिन्–‘खटपटका कुराहरु बाहिरिएपछि मलाई धेरैले फोन गर्नुभयो । अधिकांशले मिल्नुपर्छ, छुट्टिन हुन्न मात्र भन्नुभयो । तर, कसैले पनि मलाई तिमी खुशी छौं कि छैनौं भनेर सोध्नुभएन । यस्ता कुराले मन दुख्दो रहेछ ।’

वर्षाले वैवाहिक जीवनमा मन मिल्न सकेन पनि जर्बजस्ती एकसाथ बस्नु भन्दा अलग हुनु नै बेश हुने पनि तर्क गरेकी छिन् । ‘जीवनलाई नयाँ ढंगबाट अगाडि बढाउन सकियो भने दुबैलाई राम्रो हुन्छ’, वर्षाले भनिन् ।

वर्षा र संजोगले ४ बर्ष अगाडि बिहे गरेका थिए । तर, केही महिना अगाडि यी दुइविचमा खटपट सुरु भएको खबर सार्वजनिक भएको थियो । वर्षाले अहिले आफूहरु वैवाहिक जीवनमा खुशी रहेको बताइन् । साथै, अझै २ बर्षसम्म बच्चाको योजना नबनाएको पनि उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *