भोलीदेखि ‘हिजो आजका कुरा’सँग ४ विदेशी फिल्म

२७ असोज २०७९ ७:३८

केही दिन अगाडिसम्म नेपाली फिल्म ‘हिजो आजका कुरा’सँग अरु कुनै पनि चलचित्र रिलिज हुने संभावना देखिएको थिएन । तर, वुधबारदेखि भने एकाएक माहोल परिवर्तन भयो । नेपाली वितरकले बलिउड, हलिउड र साउथमा असफल भैसकेको चलचित्रलाई समेत नेपाल भित्राए ।

जसलेगर्दा, भोली शुक्रबार नेपाली चलचित्रसँग ४ विदेशी चलचित्र रिलिज हुँदैछन् । साथै, दोश्रो सातामा उच्च शो प्राप्त गर्दै चलचित्र ‘२ नम्बरी’ पनि अगाडि बढेको छ । फिल्म ‘प्रेमगीत ३’ पनि चौथो हप्तामा केही शोजका साथ अगाडि बढेको छ ।

भोली शुक्रबार आयुष्मान खुरानाको चलचित्र ‘डक्टर जी’ रिलिज हुँदैछ । यस्तै, भारतीय बक्स अफिसमा फ्लप भैसकेको साउथ चलचित्र ‘गड फादर’ पनि नेपाल भित्रिएको छ । यो चलचित्र भारतमा अघिल्लो साता नै रिलिज भएर असफल भैसकेको छ । चिरञ्जिवी र सलमान खान यो चलचित्रका मुख्य कलाकार हुन् । यस्तै, साउथमा निक्कै नै चर्चा पाएपछि हिन्दीमा डब गरिएको कर्नाटक चलचित्र ‘कान्तरा’ पनि नेपाल भित्रिएको छ । यो चलचित्रले भने राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

हलिउड फिल्म ‘रेड’ पनि भोलीबाट नेपालमा रिलिज हुँदैछ । यसरी हेर्दा नेपाली चलचित्रसँग ४ विदेशी चलचित्र फ्रेस रिलिज हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *