भुवनको कार्यकक्षमा के गर्दै थिइन् जीया ?

२७ असोज २०७९ ७:१६

नायिका जीया केसी र चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भुवन केसी लामो समयदेखि लिभिङ टूगेदरमा छन् । यी दुइले बिहे गरेका छैनन्, तर जीया भुवनसँगै बस्न थालेको लामै समय भैसक्यो । भुवनको घरको सम्पूर्ण जिम्मेवारी सम्हालेर बसेकी जीया उनको काममा पनि सहयोग गर्दै आएकी छिन् ।

उनै, जीया भुवन केसीको विकास बोर्डको कार्यकक्षमा रहेको एक तस्वीरले भने अहिले मिडियामा हंगामा नै मच्चाएको छ ।

एक संस्थाले चलचित्र ‘भागवत् गीता’को नाम परिवर्तन गर्न माग गर्दै चलचित्र विकास बोर्डमा ज्ञापन पत्र वुझाउँदै गरेको तस्वीर सार्वजनिक हुँदा जीया पनि छेउमै थिइन् । जीया छेउमा के गर्दै थिइन् भन्ने प्रश्नले अहिले भुवन केसी पनि घेरिएका छन् ।

भुवन केसीको अफिस डेटिङ स्पर्ट बनेको हो कि भन्ने प्रश्न पनि उब्जेको छ । तर, यो बिषयमा जीया र भुवन केसीले पक्कै पनि केही बताउलान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *