फिल्म हिट भएपछि प्राविधिकहरुलाई बोनस दिने ‘२ नम्बरी’का मेकरको घोषणा

२६ असोज २०७९ ५:०८

थुप्रै चलचित्रका निर्माताले ब्लकबस्टर कमाई गरेपनि प्राविधिकहरुलाई बोनस दिने बिषयमा सोचेनन् । तर, असोजको २१ गतेबाट रिलिजमा आएको चलचित्र ‘२ नम्बरी’का निर्माता किरण नेपालीले भने चलचित्र हिट भएपछि प्राविधिकहरुलाई बोनस दिने भएका छन् ।

यो चलचित्रले ५ दिनमा नै निर्मातालाई मुनाफाको बाटोमा लगिसकेको छ । यसैकारण, आउने दिनमा चलचित्रका निर्माताले पाउने शेयर मुनाफा हो । नेपालीले ओभरसिज र डिजिटल राइट्सबाट पनि राम्रो रकम कमाइसकेका छन् ।

यसैले, अब किरण नेपाली र उनको टिमले चलचित्रको पर्दा पछाडि बसेर घामपानी पनि नभनी काम गर्ने प्राविधिकहरुलाई बोनस दिने घोषणा गरेको छ । चलचित्रको लाइफ टाइम कलेक्शनपछि कति बोनस दिने भन्ने निर्णय हुने किरणको भनाई छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको मुख्य भूमिका छ । २ साथीको मित्रताको कथामा तयार भएको चलचित्रले सुपरहिटको व्यापार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *