सोनामले मिन भामको ‘चिसो बर्ष’मा काम गर्ने पक्का

२५ असोज २०७९ १२:१८

नायक सोनाम तोप्देनले चलचित्र ‘चिसो बर्ष’मा काम गर्ने पक्का भएको छ । मिन बहादुर भामले निर्देशन गर्न लागेको हिमाली गाउँको कथा भन्ने यो चलचित्रमा सोनाम ३ दिन अगाडि अडिसनबाट छानिएका हुन् । अडिसन दशैं अगाडि भएको थियो ।

यो चलचित्रले एक गर्भवती महिलाको कथा भन्छ । तिब्बतबाट देबरसँग डोल्पा आएकी एक गर्भवती महिलाको कथालाई चलचित्रमा प्रस्तुत गर्ने तयारीमा मिन छन् । मिनले यो चलचित्रलाई मार्चबाट खिच्नेछन् । चलचित्रका कलाकार र यूनिट भने जनवरी महिनाबाट नै डोल्पा पुग्नेछन् ।

सोनामले यो चलचित्रमा काम गर्न पाउँदा आफू अत्यन्तै उत्साहित भएको बताए । चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा काम गरेपछि सोनामको चर्चा चुलिएको थियो । चलचित्रले ठिकठाक व्यापार गरेपनि सोनाम भने स्टारको रुपमा उदाएका थिए ।

मिन भामले बनाएको चलचित्र ‘कालो पोथी’ पनि चर्चामा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *