‘२ नम्बरी’ हेर्न पुगेकी पूजा ‘पोई पर्यो बुढो’ खेल्दै ?

२५ असोज २०७९ ८:३२

चलचित्र ‘२ नम्बरी’का निर्माता किरण नेपालीले बनाएको ‘पोई पर्यो काले’ नामक चलचित्रमा नायिका पूजा शर्माले पनि काम गरेकी थिइन् । यो चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्यो । किरण अब चलचित्र ‘पोई पर्यो बुढो’ निर्माण गर्दैछन् । यो चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गर्दैछन् ।

चलचित्रको विशेष शोमा नायिका पूजा शर्मा पुगेकी थिइन् । पूजा पुग्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । सामाजिक संजालबाट टाढा रहेकी पूजा किरणको निमन्त्रणामा हल पुगेकी थिइन् । योसँगै पूजाले चलचित्र ‘पोई पर्यो बुढो’मा काम गर्न लागेको चर्चा चलेको छ ।

निर्माता किरण नेपालीले पनि पूजा यो चलचित्रमा हुने वा नहुने बिषयमा अहिले नै केही नबोल्ने बताएका छन् । बरु, उनले पूजा हुने संभावनालाई नकार्न नमिल्ने बताए ।

‘पोई पर्यो काले’ले सफल व्यापार गर्नुमा पूजाको मिहिनेतले पनि खुबै काम गरेको थियो । किरण र पूजाको सहकार्य फेरि भएको खण्डमा अनौठो नमान्दा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *