‘झिङ्गे दाउ’पछि नपत्याउँदो तरिकाले चल्यो ‘२ नम्बरी’

२४ असोज २०७९ १२:२८

यो बर्ष रिलिज भएका चलचित्रमध्ये ‘ए मेरो हजुर ४, कबड्डी ४ र प्रेमगीत ३’को व्यापार आश्चर्यजनक होइन । किनकी, हिट चलचित्रका सिरिज यसै पनि चल्छन् भन्ने धेरैको आँकलन थियो । व्यापारिक रुपमा त्यो देखियो पनि ।

तर, यो बर्षको आधा समय बितिसक्दा चलेका २ चलचित्रले भने आम दर्शक, चलचित्रकर्मी र मिडियाकर्मीमा आश्चर्यजनक सन्देश दिएका छन् । यो बर्ष ‘झिङ्गे दाउ’ नामक चलचित्र चल्यो । भदौमा रिलिज भएको यो चलचित्रको व्यापार धेरैका लागि आश्चर्यजनक थियो ।

यो चलचित्र चलेपछि सबैले अचम्म मानिरहेको समयमा अर्को चलचित्र ‘२ नम्बरी’ पनि गज्जबले चलिरहेको छ । शुक्रबार र शनिबार आक्रामक सुरुवात गरेको चलचित्रले आज सोमबार पनि व्यापार गज्जब गरिरहेको छ । यदि, चलचित्र नराम्रो भएको खण्डमा आइतबार यसको व्यापार कम हुदै जान्छ । तर, यो चलचित्रको व्यापार आइतबारको तुलानामा सोमबार अझै राम्रो देखिएको छ । यसले, चलचित्रले तिहारसम्म पनि राम्रो व्यापार गर्ने संकेत गरेको छ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र चल्दा चलचित्रकर्मी र मिडियाकर्मीमा अर्को सरप्राइज थपिएको छ । यो बर्ष अर्गानिक कथामा बनेका गाउँ परिवेशका चलचित्रलाई दर्शकले मन पराएको पाइएको छ । ‘२ नम्बरी’लाई दीपेन्द्रले अर्गानिक कथामा गाउँले परिवेश र सामाजिक सन्देशसहित बनाएका छन् । दर्शकले, सौगात मल्लका रमाइला संवाद, यसको सन्देशलाई मन पराए । यहीकारणले नै यो चलचित्रको व्यापार झनै बढिरहेको छ ।

चलचित्रले निर्माता किरण नेपालीको लगानी ३ दिनमा नै सुरक्षित गरिसकेको छ । सोमबारदेखिको कमाई निर्माताका लागि मुनाफा हो । ओभरसिज राइट्स, डिजिटल राइट्सबाट निर्माता पहिले नै सुरक्षित थिए । यसले, चलचित्रबाट निर्माताले ह्यान्डसम रकम पोल्टामा पार्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *