हरिवंश ‘बा’को कथामा ‘महापुरुष’को ट्रेलर

२४ असोज २०७९ ११:३१

षट्कोण आर्टस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘महापुरुष’को ट्रेलर रिलिज गरिएको छ । कार्तिकको ११ गतेबाट रिलिज हुने यो चलचित्रले एकल बाको कथा भन्छ । चलचित्रमा हरिवंश आचार्य बाको भूमिकामा देखिएका छन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, कोपिला थापा, नरेश पौडेल लगायतका कलाकारको अभिनय छ । प्रदीप भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रमा दीपेश क्षेत्रीको लगानी छ । यो चलचित्रले आमाको निधन भएपछि २ छोरा हुर्काएका एक पिताको प्रेम कहानी भन्छ । ‘जात्रा, जात्रै जात्रा र शत्रु गते’ जस्ता हिट चलचित्र दिएका प्रदीपले यसपटक सामाजिक कथावस्तुलाई फरक तरिकाले उठान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *