पुष १५ मा ऋचाको ‘कौसिद’

२४ असोज २०७९ ११:२४

नायिका ऋचा शर्माको निर्माण तथा अभिनयमा तयार भएको चलचित्र ‘कौसिद’ पुष १५ गतेबाट रिलिज हुने भएको छ । कुमार भास्करको निर्देशनमा तयार भएको चलचित्रमा भोलाराज सापकोटा, ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय छ ।

केदार भुसालको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह–निर्माता लक्ष्मण बानियाँ हुन् । बड पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्र यसअघि जेठमा रिलिज हुनेत तयारीमा थियो ।

यो चलचित्रमा बिजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा, निसल पौडेलको छायांकन, मित्र डी गुरुङ र भीम विश्वकर्माको सम्पादन छ । ऋणको चपेटामा परेको पात्रको जीवनको कथालाई यो चलचित्रले प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *