मंसिर १२ मा बिहे गर्दै सलोन र करिश्मा

२३ असोज २०७९ ५:२९

नायक सलोन बस्नेत बैबाहिक जीवनमा बाँधिने भएका छन् । उनले, आउँदो मंसिर १२ गते बिहे गर्न लागेका हुन् । विगत ४ बर्षदेखि सलोन एयर होस्टेस करिश्मा केसीको प्रेममा छन् । सलोनले बिहेको तयारी गर्न थालेपछि करिश्मालाई सार्वजनिक कार्यक्रममा पनि एकसाथ लिएर हिड्न थालेका थिए ।

सलोनले पनि अहिलेसम्म मंसिर १२ गतेलाई बिहेको मिति तय गरिएको बताएका छन् । सलोनले सामाजिक परम्परा अनुसार नै बिहे गर्ने उल्लेख गरेका छन् । सलोनले चलचित्र ‘होस्टेल’बाट आफ्नो नायक यात्रा सुरु गरेका थिए । उनले बालकलाकारको रुपमा भने चलचित्र ‘नेपाली बाबु’मा काम गरेका थिए ।

सलोन नेपाली चलचित्रमा विशेषगरि नायक भन्दा पनि कलाकारको रुपमा हिट छन् । हिट नायकसँग आउँदा सधै नै चर्चामा रहने सलोनको ‘हनी बनी’ रिलिजको क्रममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *