एक्सन र सस्पेन्सले भरिएको ‘लाखे’ ट्रेलर

२३ असोज २०७९ ५:२३

कार्तिकको ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लाखे’को ट्रेलर सार्वजनिक गरिएको छ । युट्युबबाट सार्वजनिक चलचित्रको ट्रेलरमा सस्पेन्स र एक्सन समावेश छ ।

यो चलचित्रमा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुप विक्रम शाही, वर्षा राउत, सुशिल सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, संजोग राना, रक्षा बुढाथोकी, सिस्टम भण्डारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । चलचित्रमा सिसन अर्याल र जीएम ठकुरीको लगानी छ । चलचित्रमा आकाश बराल र अनुप न्यौपानेको संवाद, आकाश बरालको पटकथा, शिसन अर्यालको कथा छ ।

दीपक बज्राचार्यको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन, सुशान्त प्रजापतिको छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *